Logo

हिरोइन सहित २ पक्राउ



Spread the love

५ बैशाख, काठमाडाैँ – धनगढीबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । से २ प ७८९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका ६ ढुङ्गेबजारबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिकाका ५१ वर्षीय मोतीलाल राना र ६ मटियारीका २५ वर्षीय रमेश मल्ल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १८ ग्राम ३७० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो । दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्