Logo

युरोपा लिगः आर्सनल र चेल्सी सेमिफाइनलमा



Spread the love

६ बैशाख , काठमाडाैँ – युरोपा लिग फुटबलको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा आर्सनलले नापोलीलाई १-० ले हराएको छ ।

बिहिबार राति भएको खेलमा ईटालियन क्लबमाथि साघुँरो जित निकाल्दै आर्सनल ३-० को नतिजा सहित सेमिफाईनल प्रवेश गरेको हो ।

आर्सनलको जितमा एक मात्र गोल एलेक्जेन्डर लाकाजेट्टीले गरे ।

त्यसै गरी चेल्सी पनि युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा चेल्सीले चेक क्लब स्लाभिया प्रागलाई ४-३ गोल अन्तरले हराउँदै चेल्सी अन्तिम ४ मा पुगेको हो ।

लण्डन क्लब चेल्सी समग्रमा ५-३ को नतिजा सहित अन्तिम ४ मा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्