Logo

राकिटिच केही सिजन बार्सिलोनामै रहने



Spread the love

६ बैशाख , काठमाडाैँ – बार्सिलोनाका क्रोएसियन मिडफिल्डर इभान राकीटिकले इटालीयन क्लब युभेन्ट्सबाट आएको प्रस्तावलाई अस्विकार गरेको समाचार प्राप्त भएको छ । पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना छोडी सिरी ‘ए’ क्लब युभेन्ट्स जाने बिषय अस्विकार गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।

सेन्ट्रल मिडफिल्डबाट अट्याकिङ फुटबल खेल्ने राकिटिच अरू केही सिजनसम्म बार्सिलोनामै रहने बताइएको छ । बार्सिलोनाका मुख्य खेलाडी रहेका राकीटिच अर्को सिजन आयाक्सका मिडफिल्डर फ्रान्की डे जोङ अनुबन्धित हुने भएपछि क्लब छोड्न सक्ने हल्ला चलेको थियो ।

३१ वर्षीय क्रोएसियन मिडफिल्डर राकीटिचले जारी सिजनको ला लिगाका ३० खेल खेलेका छन् । २०१४-१५ को सिजनमा ला लिगा क्लब सेभिल्लाबाट बार्सिलोना पुगेका राकीटिचले बार्सिलोनाका लागि हाल सम्म सबै गरेर २ सय ६० खेल खेलेका छन् भने ३५ गोल समेत गरेका छन् । राकिटिच बार्सिलोनाको पहिलो रोजाइका खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्