Logo

श्रीलङ्का आक्रमण: गिर्जाघर र होटलमा बम विस्फोट



Spread the love

८ बैशाख, काठमाडौ ।

श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ ।

‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । समाचार संस्था एपीएफका अनुसार दुई वटा चर्च र एउटा होटलमा बम बिस्फोट भएको पुष्टि भएको छ ।

विस्फोटमा ८० जना घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बम बिस्फोटको थप जानकारी आउन बाँकी छ ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्