Logo

भारतमा लोकसभाका उम्मेदवार पक्राउ



Spread the love

१० बैशाख, काठमाडौ ।

भारतमा लोकसभाका एक उम्मेदवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिजु जनता दल (बिजेडी)का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रदीप महारथी रहेका छन् ।

निर्वाचनमा पैसा र बल प्रयोग गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

उडिसा प्रदेशको २१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४७ सदस्यका लागि चार चरणमा मतदान हुन लागेको छ । यसअघि पहिलो चरणको मतदान यही अप्रिल ११ र दोस्रो चरणको मतदान अप्रिल १८ मा सम्पन्न भएको थियो भने तेस्रो र चौथो चरणको मतदान यही अप्रिल २३ र २९ मा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्