Logo

श्रीलङ्कामा सङ्कटकालको घोषणा



Spread the love

१० बैशाख, काठमाडौ ।

श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको हो ।

श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी २९० जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो । राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख छ ।

राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गरेको सञ्चार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्