Logo

प्रधानाध्यापकसहित ३ जना पदमुक्त



Spread the love

 

१० वैशाख, काठमाडौं ।

बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई नेपाली सेनाले बर्खास्त गरेको छ ।

२०७६ सालको शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालन भएको लिखित परीक्षामा परीक्षा प्रणालीको मर्यादा र आचरण ख्याल नगरी प्रवेश परीक्षा उतीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोग गरेको हुनाले नेपाली सेनाले उनीहरुलाई पदमुक्त गरेको हो ।

विद्यालयको छवि बिगार्ने कम गरेको भन्दै उक्त घटनामा संलग्न प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई नेपाली सेनाले वैशाख ९ गतेदेखि पदमुक्त गरेको निर्देशनालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्