Logo

धनगढीबाट बझाङ जाँदै गरेको बस साहुखर्कमा दुर्घटना, पाँच जनाको मृत्यु



Spread the love

 

११ वैशाख, डडेल्धुरा ।

धनगढीबाट बझाङ जाँदै गरेको यात्रु बहाक बस आज बिहान ४:२५ मा डडेल्धुराको साहुखर्कमा दुर्घटना भएको छ ।

ना ६ ख १८३१ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा पाँचजनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्  । मृतककाे सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्