Logo

राष्ट्रपति भण्डारी आज चीनको राजकीय भ्रमणमा जाँदै



Spread the love

११ बैशाख, काठमाडौ ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार(आज) बिहान ११ बजे चीनको राजकीय भ्रमणमा जाँदै छिन् ।

भण्डारीले चिनियाँ सकमक्षी सी जिनपिङसहित उच्च चिनियाँ अधिकारीसँग १६ वैशाखमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारीले १६ वैशाखमा बेइजिङमा राष्ट्रपति सीसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।
गणतन्त्र स्थापनापछि नेपालबाट राष्ट्रप्रमुखको तहमा हुन लागेको यो पहिलो राजकीय भ्रमण हो । यसअघि तत्कालीन राष्ट्रपति डा। रामवरण यादव चीन भ्रमणमा गएका थिए । तर, उनको भ्रमण राजकीय थिएन । नेपाल एयरलाइन्सको विशेष उडानबाट राष्ट्रपति भण्डारी बुधबार चिनियाँ राष्ट्रपतिको गृहनगर सान्सी प्रान्तको सियान जाँदै छिन् ।

प्रतिक्रिया दिनुहोस्