Logo

श्रीलङ्का आक्रमण: आईएस ‘संलग्न भएको हुनसक्ने’



Spread the love

११ बैशाख, काठमाडौ ।

श्रीलङ्का प्रधानमन्त्रीले तीन सयभन्दा बढी मानिसको ज्यान लिने र ५०० भन्दा बढी मानिसलाई घाइते तुल्याउने आक्रमणमा इस्लामिक स्टेट समूह आईएस संलग्न भएको हुन सक्ने बताएका छन्।

रनिल विक्रमसिङ्घले देशबाहिर रहेका आतङ्कवादी समूहहरूको सहयोगबिना आइतवारका हमला हुन नसक्ने ठम्याइ सरकारको रहेको बताएका छन्।

मङ्गलवार आईएसले ती आक्रमणको जिम्मेवारी लिएको छ। तर त्यो समूहले कुनै प्रमाण दिएको छैन।

प्रहरीले आक्रमणमा संलग्न भएको आशङ्कामा ४० जना श्रीलङ्काली नागरिकलाई पक्राउ गरिसकेको छ।

देशमा थप आक्रमण हुन नदिनका लागि सङ्कटकाल लगाइएको छ। बिबिसि

 

प्रतिक्रिया दिनुहोस्