Logo

४० मिनेट विमानस्थल ठप्प पार्दै राष्ट्रपति भण्डारी चीन प्रस्थान



Spread the love

तस्बिर : नारायण महर्जन/सेतोपाटी

११ वैशाख, काठमाडौं । राष्ट्रपति भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट सम्म ठप्प भएको हो । करिब एक घण्टा विमानस्थल बन्द हुँदा यसको असर दिनभर विमानस्थलमा पर्ने छ।

दोस्रो पटक बेइजिङमा आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन आज राष्ट्रपति बेइजिङ प्रस्थान गरेकी हुन् ।

नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्