Logo

राष्ट्रिय जनावर गाईलाई छाडा छोड्न नपाइने कानुन सर्वोच्चद्वारा पारित



Spread the love

११ वैशाख, काठमाडौं ।
राष्ट्रिय जनावरको प्रतिकको रुपमा रहेको गाईहरुलाई उपयोगिता समाप्त भए पश्चात वेवारिसे बनाई छाडा छोडिने प्रवृतिलाई अन्त्य गर्न आवश्यक कानुन बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

छाडा छोडिने प्रवृतिको विरोध गर्दै दीर्घकालीन व्यवस्थापनको मागसहित पशु कल्याणकारी संस्था स्नेहाज केयरले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले सो परमादेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायधीश आनन्दमोहन भट्टराई तथा पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले संस्थाले दर्ता गरेको रिटमा गरिएको मागअनुसार नै सो फैसला गरेको हो ।

पशु चौपायाहरुको उपयोगिता समाप्त भएपश्चात सडकमा वेवारिसे बनाई छाड्ने व्यक्तिलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा समेत सजायको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्