Logo

गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स–रे



Spread the love

१२ वैशाख, हुम्ला ।

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् ।

आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भए पनि अस्पतालमा गर्भ जाँच गराउन पहुँच नपुगेका महिलाको गर्भ जाँच भिडियो एक्स–रे मार्फत गर्न गाउँमा पुगेको डा लामाले जानकारी दिए।

जिल्ला अस्पतालसम्म गर्भ जाँच गर्ने पहुँच नपुगेका १६ महिलाको गर्भ जाँच गरिएको डाक्टर लामाले जानकारी दिए । गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको लामाले जानकारी दिए ।

सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा रहेका महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाका महिला स्वास्थ्यकर्मी निरुता खड्काले जानकारी दिइन्।

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने दुर्गम हुम्लाका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गरेको डाक्टर लामाले बताए । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको उनको भनाइ थियो ।

हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत रु आठ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले खर्च बापत थप रु तीन हजार पाउने गरेको डा लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्