Logo

आजबाट प्रि-मनसुन सुरु : कस्तो होला आजको मौसम ?



Spread the love

raining

स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले बिहीबार अपराहन्न मुलुकका अधिकांश भेगको मौसम बदलिएर मेघ गर्जन सहित हल्का वर्षा भएको छ । धेरै ठाउँमा हुरी बतासको समेत प्रभाव परेको छ ।

सुदूरपश्चिममा भने भारतीय भू भागबाट भित्रिएको पश्चिमी वायुको प्रभावले मौसम धुमिएर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

पश्चिमी वायुको प्रभाव आज पनि मध्य र पूर्वी भेगमा समेत पर्न सक्ने मौसमविदहरुको ठहर छ । प्रि-मनसुन सुरु भइसकेको र यस्तो बेला छोटो अवधिमा मौसम बदलिएर क्षणिक वर्षा हुन सक्छ । प्राय अपराहन्नको समयमा यस्तो गतिविधि देखिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्