Logo

चोरीको मोटरसाइकलसहित २ जना पक्राऊ



Spread the love

१२ बैशाख, महोत्तरी ।

महोत्तरीमा प्रहरीले दुई जनालाई चोरीको मोटरसाइकलसहित पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा रामगोपालपुरका बलेश्वर मुखिया र गौशालामा बस्ने रञ्जीत सहनी रहेका छन् ।

प्रहरीले मुखियालाइ ज ६प १७३४ नम्बरको चोरीको मोटरसाइकल सहित औरही नगरपालिका–४ कठुधार बजारमाबाट बुधबार साँझ पक्राऊ गरेको हो ।

साथै सहनीलाइ पनि बीआर ३० एस ०६२९ नम्बरको भारतीय नम्बरको मोटरसाइकल चढेको अवस्थामा पक्राऊ गरिएको हो । सो मोटरसाइकल बजारको बाटोमा पार्किङ गरिराखेको अवस्थामा चोरी भएको महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्