Logo

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण



Spread the love

१२ वैशाख, रुकुमपूर्व ।

सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा रुकुमपूर्वको एक विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल भएपछि विद्यार्थीको आकर्षण बढीरहेको छ ।

सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालय केही वर्ष यतादेखि अभिभावक र विद्यार्थी दुवैको रोजाइ बन्न थालेको हो ।

रुकुमपूर्वको एकमात्र विद्यालय नमुना विद्यालयमा छनोट भएको हो । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, दश रोपनी जग्गासहितको हाता, कक्षा १ देखि १२ सम्मको कक्षा सञ्चालन, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ सालमा नमूना विद्यालय छनोट गरिएको थियो ।

नर्सरी कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपाली, विज्ञान, सीटीईभीटीबाट मान्यता प्राप्त कृषि जेटीए, कृषि तथा व्यावसायिक धार पढाइ हुने रुक्मिणी मावि जिल्लाकै सबैभन्दा पुरानो विद्यालय हो । यस विद्यालय जिल्लामै धेरै विद्यार्थी सङ्ख्या भएको विद्यालय हो । विद्यालयमा अहिले झण्डै १४ सयको हारहारीमा विद्यार्थी सङ्ख्या अध्ययनरत् छन् । यहाँ अध्ययनका निम्ति दाङ, रोल्पा र सल्यानबाट समेत विद्यार्थी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्