Logo

बारा र पर्साका हावाहुरी पिडितलाई पुनर्निर्माणका लागि ८४ करोड दिने सरकारको निर्णय



Spread the love


१२ वैशाख, काठमाडौं ।
गत महिना बारा र पर्सामा आएको हावाहुरीका कारण भत्किएका घरको पुनर्निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ सरकारले दिने निर्णय गरेको छ।

यही वैशाख ५ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो रकम नेपाली सेनामार्फत् खर्च गरिने जानकारी दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ ओटा घर बनाउन सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् ।

सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८४७ रुपैयाँ पाएको हो ।

प्रतिक्रिया दिनुहोस्