Logo

लिजियो र एट्लान्टा बिच कोपा इटालियाको फाइनल हुने



Spread the love

१३ बैशाख , काठमडाैँ – एट्लान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-४ को जितसहित एट्लान्टा उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लान्टालाई जित दिलाउन जोसिप इलिसिच र पापु गोमेजले १–१ गोल गरे । फियोरेन्टिनाका लुइस मुरिअलले एक गोल गरे ।

अब एट्लान्टाले उपाधिका लागि लाजियोसँग खेल्नेछ । लिजियो पनि बुधबार भएको खेलमा एसि मिलानलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

एट्लान्टा र लाजियोको फाइनल खेल मे १५ मा स्टाडियो ओलम्पिकोमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्