Logo

शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री थापा



Spread the love

१३ बैशाख, विराटनगर

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर पुगेका मन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन् ।

उनले भने, ‘आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानुनबमोजिम कारबाही गरिनेछ ।’ गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताउँदै विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको जानकारी दिए ।

विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतंककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले विप्लव समूहले जनतामा आतंक सिर्जना गर्नुका साथै हत्या हिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंशकारी गतिविधि गरेकै कारण सरकारले उनीहरूको गतिविधि निषेध गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्