Logo

निर्माणस्थलमा दुर्घटना हुँदा ११ जना कामदारको मृत्यु



Spread the love

१३ बैशाख, चीन – उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किँदा मजदूरहरू हताहत भएका थिए।

हेङ्गसइ सहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्