Logo

हुम्लामा अज्ञात रोगका कारण आठको मृत्यु



Spread the love

 

१४ बैशाख, हुम्ला ।

हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आठ जनाको मृत्यु भएको छ । भने दर्जनभन्दा बढी बिरामी परेका छन ।

एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् ।

शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले बताएका छन् ।

एक हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेमा सो गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् । वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको महिला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्