Logo

प्रहरी र सशस्त्र समूहबीच भएको गोली हानाहानमा १५ जनाको मृत्यु



Spread the love

१४ बैशाख, कोलोम्बो ।

श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपको क्रममा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अनुसार शुक्रबार राति भएको झडपमा ६ जना बालबालिकासहित १५ जनाको मृत्यु भएको जनाएका छन्।

आइतवारको आक्रमणसँग सम्बन्धित सन्दिग्ध स्थानहरूमा छापा मार्ने क्रममा सशस्त्र समूहसँग भिडन्त भएको श्रीलङ्का प्रहरीले जनाएको छ।सरकारले बिद्रोहीविरुद्ध कारवाही अभियान चलाएका छन्। यही क्रममा देशको पूर्वी क्षेत्रमा प्रहरी र सशस्त्र बिद्रोहीबिच झडप भएको बताइएको छ।

घटनास्थल आइतबारको हमलाहरूका मुख्य योजनाकार भएको आशंका गरिएका व्यक्ति एकजना चरमपन्थी धर्मगुरु जाहरान हाशिमको गृहनगरबाट नजिकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्