Logo

विप्लव समूह नसच्चिए तह लगाइन्छ : गृहमन्त्री थापा



Spread the love

 

१४ बैशाख, जनकपुर ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकको हित विपरित कार्य गर्ने विप्लव समूह नसच्चिए तह लगाएरै छाडिने चेतावनी दिए।

प्रदेश नम्बर २ मा आयोजित सुरक्षा गोष्ठीलाई जनकपुरमा सम्बोधन गर्दै गृहमन्त्री थापाले अलग देशको माग लिएर आन्दोलन गर्दै आएकालाई समेत मुलधारमा ल्याएको बताउदै विप्लप समूहलाई वार्तामा आउन पटक–पटक आग्रह गरिरहेको र नमानेमा राज्य आफ्नै तरिकाले अघि बढने चेतावनी दिए।

उनले अपराधिक गतिविधि गर्ने सबैलाई मूलधारमा ल्याउने काम तिव्र गतिमा भइरहेको बताउँदै देशमा सुशासन र शान्ति सुरक्षाले एक वर्षभित्र महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गरे ।

अपराध र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएकाले यसलाई कडाइका साथ पालना गर्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्