Logo

क्लेयर पोलोसेक पुरुष अन्तर्राष्ट्रिय क्रिकेटकी पहिलो अम्पायर



Spread the love

१४ बैशाख , काठमाडाैँ – अष्ट्रेलियाकी क्लेयर पोलोसेक पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरको भूमिका निर्वाह गर्ने पहिलो महिला बनेकी छन् । ३१ वर्षिया क्लेयर आइसीसी विश्वकप क्रिकेट लिग डीभिजन २ को फाइनलका लागि यो अवसर मिलेको हो । उनले अम्पायरको भूमिका निर्वाह गरेको खेल आज (शनिबार) नामीबिया र ओमानबीचको रहेको थियो ।

क्लेयरले यसअघि महिला क्रिकेटको १५ एकदिवसीय खेलमा अम्पायरिङ गरिसकेकि छन् । उनले पहिलो पटक २०१६ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएको वान डे महिला क्रिकेटमा अम्पायरिङ गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्