Logo

३ खेल अगावै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि



Spread the love

१५ बैशाख, काठमाडाैँ – स्पेनिस ला लिगा २०१८/१९ को उपाधि बार्सिलोनाले जितेको छ । घरेलु मैदान क्याम्प नोउमा लेभान्टे विरूद्ध १–० गोल अन्तरको जित निकालेसँगै बार्सिलोना लिगका ३ खेल अगावै ला लिगा च्याम्पियन भएको हो ।

खेलको सुरूवाति मिनेटबाटै आक्रामक देखिए पनि बार्सिलोनाले गोलका लागि मेसीको आगमनसम्म कुर्नु परेको थियो । पहिलो हाफ बेन्चमा रहेका मेसी दोश्रो हाफमा मैदान प्रवेश गर्दै बार्सिलोनालाई ६२ औँ मिनेटमा अग्रता दिलाए । त्यस पछिको बाँकी समयमा दुबै टोलीबाट  गोल हुन नसक्दा बार्सिलोना १–० गोलले विजयी भयो ।

बार्सिलोनाले बितेका ५ सिजनमा ४ ला लिगा उपाधि रक्षा गरेको छ । बार्सिलोनाको यो लगातार दोश्रो ला लिगा उपाधि हो । बार्सिलोनाले जितेको यो २६ औँ ला लिगा उपाधि हो । भने मेसीको कप्तानिमा बार्सिलोनाले जितेको पहिलो लिग उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्