Logo

ला लिगा जितेपछि हसिला देखिएका मेसीका ५ तस्बीरहरू



Spread the love

१५ बैशाख, काठमाडाैँ – हिजो राति भएको स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र लेभान्टेको खेलले यो सिजनको ला लिगा उपाधि विजेताको टुङ्गो लागेको छ । स्पेनिस पावर हाउस बार्सिलोनाले १–० गोलको संघर्षपूर्ण जित निकाल्दै ला लिगा क्याम्प नोउमा ३ खेल अगावै भित्र्याएको छ । यसको मतलब अब बार्सिलोनाले सबै लिगका खेलमा पराजय ब्यहोरे पनि बार्सिलोनाबाट ला लिगाको उपाधि कसैले छिन्न सक्दैन ।

जीतका लागि संघर्ष गरिरहेको बार्सिलोनाका लागि मेसी बेन्चबाट मैदान प्रवेश गरेर १ गोल गर्दै ला लिगा २०१८/१८ बार्सिलोनालार्इ थमाए । बार्सिलोनाको २६ अाैँ लिग उपाधि हो भने बार्सिलोनाले अन्तिम ५ वर्षमा जीतेको चाैथो ला लिगा उपाधि हो । त्यसै गरी ११ वर्षमा ८ ला लिगा उपाधि हिजो बार्सिलोनाले भित्र्याएको छ ।

अर्जेन्टाइन स्ट्राइकर मेसीले बार्सिलोना सम्हाले पछि बार्सिलोनाले जीतेको पहिलो लिग उपाधिमा मेसी अत्यन्तै खुशि देखिन्थे । सायद १ वर्षको मेहनतको फल चाख्न पाएको भएर होला । ला लिगाको उपाधि जितेसँगै उनि अब च्याम्पिन्स लिग र कोपा डेल रे तर्फ केन्द्रित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्