Logo

चैतदेखि नेपालभर लोडसेडिङ नहुने



Spread the love

loadsedding

नेपाल विद्युत् प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको खबर आजको कारोबारमा छ । प्राधिकरणले परीक्षणको रूपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ ।

चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रूपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रूपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि यस वर्षको तिहारबाट परीक्षणको रूपमा उनले काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त बनाउने परीक्षण गरेका थिए । उनी यसमा सफल भएपछि देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्