Logo

हनिमुनमा गएकी महिलाले आफ्नो कञ्जुस पतिसँग मागिन् डिभोर्स



Spread the love
सांकेतिक तस्बिर

संयुक्त अरब इमिरेट (दुबई)मा एक नव विवाहित हनिमुनमा गएकी महिलाले आफ्नो कञ्जुस पतिसँग डिभोर्सको लागि अदालतमा निवेदन दिएकी हुन् ।

आफ्नो पतिले विवाहपछि एक दिराम (दुबईको मुद्रा)पनि खर्च नगरेको महिलाको आरोप छ । पतिले एक दिरामपनि खर्च नगरेपछि हैरान भएर डिभोर्स दिन बाध्य भएको पत्नीलाई उद्धृत गर्दै खालीज टाइम्सले जनाएको छ ।

आफूभन्दा १३ वर्ष कान्छो पतिले विवाहको पहिलो दिनबाट नै पानी, बिजुली र गृहस्थीको खर्च धान्नको लागि भनेको तर महिलाले घरको पुरै फर्निचर पनि आफ्नै पैसाले किनेकी थिइन् । सबै गरिसक्दा पनि पतिले आफूलाई वास्ता नगरेकोले आफू डिभोर्स दिन बाध्य भएको महिलाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्