Logo

भलेकानोसँग रियल पराजित



Spread the love

१६ बैशाख, काठमाडाैँ – स्पेनिस ला लिगा अन्तर्गत भएको ३५ औँ चरणको खेलमा रियल मड्रिड पराजित भएको छ । लिगको तेश्रो स्थानमा आसीन मड्रिडलाई अंक तालिकाको १९ औँ स्थानमा रहेको रायो भलेकानोले १–० गोलले पराजित गरेको हो ।

भलेकानोलाई ऐतिहासिक जित दिलाउन भलेकानोका आद्री एम्बार्काले १ गोल गरे । उनले पेनाल्टीबाट गोल गरेका हुन् ।

खेलको पहिलो हाफको २३औँ मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको भलेकानोको जितका लागि १ गोल नै पर्याप्त बन्यो । खेलको पहिलो हाफ र दोश्रो हाफमा दुबै टोलीले गोलका लागि ठूलो कसरत गरे पनि गोल भने हुन नसकेपछि भलेकानोले रियल मड्रिड माथि ऐतिहासिक जित सहित अंक खोस्न सफल भयो ।

लिगका ३ खेल अगावै ला लिगा बार्सिलोनाले कब्जा गरिसकेकाले यो खेलमा हार तथा जीतले रियलको उपाधि यात्रामा केहि अर्थ भने राख्दैन ।

प्रतिक्रिया दिनुहोस्