Logo

सरकार खोइ ? एक्सरे गर्न आफै जेनेरेटर बोक्छन् गाउँले



Spread the love

१६ बैशाख, डोल्पा ।

उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन् ।

छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्