Logo

पाैडी खेल्ने क्रममा गोरखाका रामबाबु बुढाथोकी बेपत्ता



Spread the love

१५ बर्शाख, काठमाडाैँ – पौडी खेल्ने क्रममा गोरखा भिमसेन थापा गाउँपालिका-१ मसेलका रामबाबु बुढाथोकी बेपत्ता भएका छन् । रामेछाप र ओखलढुङ्गाको सिमानामा रहेको लिखुखोलामा पौडी खेल्ने क्रममा बुढाथोकी वेपत्ता भएका हुन् ।

२६ वर्षका बुढाथोकी लिखु तामाकोशी गाउँपालिका २ फेदीमा निर्माणाधीन स्वेतगंगा हाइड्रोपावरको सुरुङमा काम गर्दै आएका थिए ।

आइतबार दिउँसो कम्पनीबाट पौडी खेल्न नदीमा गएका उनि बेपत्ता भएका हुन् ।

बुढाथोकीको अहिले खोजि भइरहेको छ । आइतवार साझसम्म केहि पत्ता लागेको छैन । प्रहरी, हाइड्रोपावरका कर्मचारी र स्थानीयले उनको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्