Logo

चन्दा सङ्कलन गरिरहेको अवस्थामा विप्लव समूहका क्षेत्रीय इञ्जार्च पक्राउ



Spread the love

१६ बैशाख, धम्बोजी ।

चन्दा सङ्कलन गरिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक जना क्षेत्रीय इञ्जार्चलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियार रहेका छन् ।

बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।

बिप्लव समुहको पछिल्लो गतिबिधि राजनीतिक भन्दापनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिवन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्