Logo

मर्भुङ्ग बिधार्थी समाज गुल्मीको काठमाडौंमा भेला सम्पन्न



Spread the love

गुल्मीको मर्भुङ्ग गा.बि.सबाट काठमाडौं आएर अध्ययन गरिरहेका बिध्यार्थीहरुको आज राजधानिमा भेला सम्पन्न भएको छ।

राजधानिमा छरिएर बसेका बिध्यार्थीहरुबिच सुमधुर संबन्ध बिकास गर्दै सामाजिक कार्यimg_20170308_175812836मा समेत समाहित हुने उदेश्यका साथ उक्त भेला आयोजना  गरिएको हो । भेलाबाट तारा प्रसाद अर्यालको अध्यक्षतामा “मर्भुङ्ग बिध्यार्थी समाज, काठमाडौं” को गठन गरिएको छ।

काठमाडौंमा रहेका बिध्यार्थीहरुबिच समय समयमा भेटघाट गर्ने, भाईचारा र बन्धुत्वको भावनामा बिकास गर्दै गुल्मीबाट काठमाडौंमा आउँदा अप्ठेरो परेका जो कोहीको निम्ति पनि एउटा सहयोगी भुमिका निर्बाह गर्ने उदेश्यका साथ समाजको गठन गरिएको समाजका सचिब सरोज अर्यालले बताए।

आजै उक्त भेलाले विभिन्न कामको जिम्मेवारी समेत तोकेको छ। आईटी क्षेत्रको कामको निम्ति समाजका उपाध्यक्ष प्रमोद अर्याल , सदस्य प्रभात अर्याल र जगत पौड्याललाई तोकिएको छ, त्यस्तै कार्यक्रमको अबधारणा ल्याउने र पब्लिक कन्सल्टको रुपमा उपाध्यक्ष भिम पौड्याललाई तोकिएको छ भने , अार्थिक व्युरोमा समीर अर्याल, न्युज ब्युरोमा बिकाश अर्याल र सन्देश अर्याललाई तोकिएको छ। त्यस्तै पदम अर्याल, टेक अर्याल, बामदेब गिरी, वसन्त लम्साल, गोबिन्द के.सीलाई विभिन्न वडाको फोकल पर्सनको रुपमा राखिएको छ।

समाजले आगामी चैत्र महिनाको १२ गते बृहत भेला आयोजना गर्ने र चैत्रको अन्तिम तिर बनभोज कार्यक्रम गर्दै बैशाख पैलो हप्ता भित्ते पात्रो प्रकाशनको कार्यक्रम राखेको छ। समाज, गुल्मी र काठमाडौं जोड्ने एउटा कडिको रुपमा रहने बिश्बास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्