Logo

गुल्मीका आयुर्वेदिक पसलमा अनुगमन ,रजिष्टर नभएका र राख्नै नमिल्ने मेशिन भेटिए



Spread the love

१७ बैशाख, गुल्मी – लामो समयको अन्तरालपछि गुल्मी आयुर्वेदिक स्वास्थ्य केन्द्रले सदरमुकाम तम्घास स्थित आयुर्वेदिक पसलमा अनुगमन गरेको छ ।
सोमबार गुल्मी आयुर्वेदिकका डाक्टरहरुको टोलीले सदरमुकामका विभिन्न आयुर्वेदिक पसलहरूमा अनुगमन गरेको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर ललिता पाण्डेले सल्लेरी खबरलाई बताइन् ।

अनुगमनको क्रममा रजिष्टर नगरिएको औषधी र आयुर्वेदिक पसलमा राख्नै नमिल्ने एलेत्माथीक मेसिन भेटिएको अनुगमन टोलीमा खटिएकी डाक्टर पाण्डेले जानकारी दिएकी छन् । उक्त कार्य सबै कानुन विपरीत भएकाले मेसिन सहित सबै औषधी जफत गरी जिल्ला प्रशासन कार्यालय गुल्मीमा बुझाइएको गुल्मी आयुर्वेद स्वास्थय केन्द्रले जानकारी दिएको छ । साथै, अब कानुनी प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीले कारबाहि प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

नागरिक स्वास्थ्य अधिकार तथा पछिल्लो समयमा आयुर्वेदिक पसलहरूको गतिविधि बारे बुझ्न अनुगमन गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

अनुगमन पछि सल्लेरी खबरलाई प्रतिक्रिया दिँदै डाक्टर पाण्डेले भनिन् “समग्रमा आयुर्वेद पसलको गतिविधि राम्रो रहेको र केही आयुर्वेदिक पसलहरूको गतिविधि मात्र कानुन विपरीत रहेको पाइयो ।”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्