Logo

यदि यो सिजन बार्सिलोनाले ट्रेबल जिते बन्ने नयाँ रेकर्डहरू



Spread the love

१७ बैशाख, काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाले गत शनिबार मात्रै स्पेनिस ला लिगा क्याम्प नोउमा भित्र्याएको छ । बार्सिलोनाले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिगका ३ खेल अगावै लिग उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

लिग विजेता भइसकेको बार्सिलोना यसपाली कोपा डेल रे र युरोपियन च्याम्पियन्स लिग पनि क्याम्प नोउमा भित्र्याउने लक्ष्यका साथ अगाडी बढिरहेको छ । हुन पनि अब हुने जम्मा ४ महत्वपूर्ण खेलमा जित निकाले बार्सिलोना यो सिजन ट्रेबल जित्न सफल हुनेछ ।

कोपा डेल रेको फाइनलमा पुगिसकेको बार्सिलोना च्याम्पिन्स लिगको फाइनल प्रवेशका लागि भोलि राति लिभरपुलसँग क्याम्प नोउमा पहिलो लेग खेल्दैछ ।

ट्रेबल जित्न हर तबरले प्रयास गरिरहेको बार्सिलोनाले यो सिजन ट्रेबल जिते केहि नयाँ आँकडा पार गर्नेछ । ति आँकडाहरू बार्सिलोना र क्लबका खेलाडीका लागि पनि विशेष महत्व राख्ने हुनेछन् ।

– बार्सिलोनाको ट्रफि केशमा ९९ वटा ट्रफि सजिनेछन् ।

– बार्सिलोना युरोपमै सबैभन्दा धेरै ट्रफि जित्ने क्लब बन्नेछ ।

– मेसीले पनि रोनाल्डो समान ५ पटकको युरोपियन च्याम्पिन्स लिगको विजेताका रूपमा कहलिनेछन् ।

– बार्सिलोना युरोपमै सबैभन्दा धेरै ट्रेबल जित्ने क्लबको पहिलो नम्बरमा आउँनेछ ।

– बार्सिलोनाले ट्रेबल जित्दा मेसी यो सिजनका सबै खाले व्यक्तिगत उपाधिका प्रमुख दाबेदार हुनेछन् । यो सिजन बार्सिलोनालाई ट्रेबल जिताउँन सके मेसी ६ पटक ब्यालोन डेअर पाउने पहिलो खेलाडी बन्नेछन् ।

– बार्सिलोनाले २६ औँ पटक लिग उपाधि उठाइसकेको छ । यदि बार्सिलोनाले यो सिजन ट्रेबल जितेमा ६ पटकको च्याम्पिन्स लिग जित्दै रियल ( १३ पटकको च्याम्पियन्स लिगको विजेता )सँगको दुरी ७ मा झार्नेछ ।

प्रतिक्रिया दिनुहोस्