Logo

वैशाख ३० गते सार्वजनिक बिदा दिइने



Spread the love

१७ बैशाख, काठमाडाैँ – संस्कृतिविद् सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा दिने हुने भएको छ ।

ललितपुर महानगरपालिकाले जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो । मेयर चिरिबाबु महर्जनले जोशी ९९ पूरा पुगेर १०० वर्ष लागेको दिन वैशाख ३० गते उनको सम्मानमा सार्वजनिक बिदा दिने जानकारी दिए ।

महानगरपालिका अन्तर्गतका सबै कार्यालयमा उनको सम्मानमा सार्वजनिक विदा हुनेछ ।

महानगरपालिकाले उनको सम्मानमा पाठयपुस्तकमा जीवनी समावेश गर्ने, तस्बिरअंकित चाँदीका मुद्रा निष्कासन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्नेलगायत २२ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्