Logo

कलंकी र गौशालामा टिकट काउन्टर निषेध



Spread the love

१७ बैशाख, काठमाडौं – सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कलंकी चोक र त्यसको आसपास तथा गौशाला चोक र त्यसको आसपास मध्यम तथा लामो दूरीका यात्रुबाहक सवारी साधनको टिकट काउन्टर खडा गर्न निषेध गरेको छ ।

ती स्थानबाट यात्रु चढाउने तथा ओराल्ने काम समेत हुँदै आएकोमा वैशाख २२ गतेदेखि सो कार्य पूर्ण रुपमा निषेध गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए ।

यो समाचार मंगलबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्