Logo

आईएसका नेता अल बग्दादी पाँच वर्षपछि भिडियोमा



Spread the love

१७ बैशाख, काठमाण्डौं ।

भूमिगत आईएस नेता अबु बकर अल–बगदादीको एक प्रोपोगाण्डा सार्वजनिक भएको छ । पाँच वर्षपछि पहिलो पटक उनको भिडयो बाहिरिएको हो ।

भिडियो सार्वजनिक भए लगत्तै अमेरिकाले फेरी सो समुलाई ध्वस्त पारिदिने प्रतिबद्धता गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आईएसको नियन्त्रणमा रहेको भूभाग नियन्त्रणमा लिए पनि आईएस विरुद्धको लडाइँ जारी रहेको बताउँदै यस्तो प्रतिबद्धता गरेको हो ।

भिडियोमा अल बग्दादी कालो ड्रेस लगाएर भुईमा बसेका छन् । उनले भिडियोमार्फत हालै श्रीलंकामा भएको एकपछि अर्को आक्रमणबारे आईएसको आफ्नो जिम्मेवारी रहेको प्रशंसासमेत गरेका छन् । उनले आफ्ना लडाकु मारेको प्रतिरोधमा धेरै आक्रमण गरेकोसमेत बताए छन् ।

प्रतिक्रिया दिनुहोस्