Logo

डोजरले बाटो खन्दा खानेपानी र विद्युत् सेवा अवरोध



Spread the love

१७ बैशाख, बाजुरा ।

बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् ।

आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जाने बाटो निमार्ण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको हो ।

बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन् । बिजुली र खानेपानी एकसाथ अवरुद्ध भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको प्रति स्थानीयवासी आक्रोशित भएका छन् ।

कोल्टी बजारमा मात्र आठ हजार बढीको बसोबास छ । क्याम्पसदेखि विमानस्थल, उच्चमाविदेखि नगरपालिकाको कार्यालय । स्थानीय सरकार गठनकै दुई वर्ष पुग्न लाग्दा पनि कोल्टीको खानेपानी समस्या सधान गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्