Logo

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, लम्की बजार तनावग्रस्त



Spread the love

१७ बैशाख, कैलाली।

कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएपछि दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले ठक्कर दिने ट्रक नियन्त्रणमा लिएर तोडफोडसमेत गरेका छन् । प्रदर्शनले अहिले लम्की बजार तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्