Logo

मामाघर गएकी बालिकाको भेटियो शव



Spread the love
सांकेतिक तस्बिर

१७ वैशाख, मोरङ l

मामाघर गएकी ६ वर्षीया बालिका जिनिका माझीको शव मोरङको ग्रामथान गाउँपालिकामा फेला परेको छ l

इलाका कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार माझीको शव लोहन्द्रा खोलामा तैरिरहेको अवस्थामा फेला परेको हो । माझी आफ्नो बुवा मिथुन माझीसँगै मोतिपुर मामा घर जाँदा साँझबाट बेपत्ता भएकी थिइन् । सोही खोजी गर्ने क्रममा जिनिकाको शव मामाघरबाट करिब ३ सय मिटरको दुरी खोलामा फेला परेको हो ।

प्रहरीले बालिकाको मृत्युको सन्दर्भमा अनुसन्धान सुरु गरिएको बताए l सो शव पोस्टमार्टमका लागि विराटनगर स्थित कोसी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्