Logo

खाँदबारीमा विवाह मण्डपबाटै पक्राउ परेका बेहुला-बेहुली सहितको परिवार रिहा



Spread the love
सांकेतिक तस्बिर

१७ वैशाख, संखुवासभा l

खाँदबारी नगरपालिकामा गत शनिवार विवाह मण्डपबाटै पक्राउ परेका बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले रिहा गरेको छ l प्रहरीलाई जिल्ला बाल क्लब समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारी गराउन साथ प्रहरीको टोलीले बेहुला–बेहुली, उनीहरूका बुबाहरूलाई पक्राउ गरेको थियो ।

बेहुलीको परिवारले छोरी बिस वर्ष पुगिसक्दा पनि प्रहरीले पक्राउ गरेको आरोप लगाएका छन् । कुनै पनि प्रमाण नजुटे पछि पक्राउ गरिएका बेहुला, बेहुलाको बुवा, बेहुली र उनको बुवालाई तिन दिन पश्चात् थुनामुक्त गरिएको छ ।

प्रहरी निरीक्षक सन्तोष राईका अनुसार जिल्ला बाल क्लब समन्वय समितिको उजुरी अनुसार पक्राउ गरिएको तर बेहुलीको उमेर नखुले पछि छोड्न बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्