Logo

टोटनह्यामको घरेलु मैदानमा आयाक्सको जीत



Spread the love

१८ बैशाख, काठमाडाैँ – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनह्यामलाई पराजित गरेको छ । टोटनह्याको घरेलु मैदानमा टोटेनह्याम माथि आयाक्सले १-० को जित निकालेको हो ।

भ्रमणकारी टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ अौं मिनेटमा गरेको गोल  नै खेलको निर्णायक गोल साबित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दबाबमा राखेको थियो । आयाक्सले पहिलो हाफमा गरेका अन्य प्रहार भने गोल हुन सकेनन् ।

दोस्रो हाफमा टोटेनह्यामले खेलमा दबाब राखे पनि गोल गर्न भने भने नसक्दा नयाँ घरेलु मैदानमा पराजय व्यहोर्न पुग्यो । आयाक्सका डेविड नेरेसको दोस्रो हाफको प्रहार पोस्टमा लागेर फर्कंदा टोटेनह्याम थप पछाडी पर्नबाट जोगिएको थियो ।

टोटनह्याम आफ्नो नव निर्मित मैदानमा खेलिएको च्याम्पियन्स लिगको पहिलो खेलमा गोल गर्न समेत असफल रह्यो ।

दोस्रो लेगको खेल आयाक्सको मैदानमा मे ८ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्