Logo

फेरी हार्यो पिएसजी



Spread the love

१८ बैशाख, काठमाडाैँ – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन फ्रेन्च लिग वान अन्तर्गतको ३४ औँ चरणको खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा पिएसजी अंक तालिकाको पाँचौँ स्थानमा आसीन मोन्टपेल्लरसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

मोन्टपेल्लरको घरेलु मैदानमा भएको खेलमा सुरूवाती अग्रता भने पिएसजीले मोन्टपेल्लरका एम्ब्रोज ओयोङ्रगोले १२ औँ मिनेटमा गरेको आत्मघाती गोलबाट लिएको थियो । तर घरेलु मैदानमा आक्रामक देखिएको मोन्टपेल्लरले पनि खेलको २१ औँ मिनेटमा पिएसजीका केम्पेम्बेको उपहार गोलसँगै खेलमा फर्किने संकेत दिएको थियो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा पिएसजीले दोश्रो हाफको ६२ औँ मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएता पनि मोन्टपेल्लरले दोश्रो हाफमा थप २ गोल गर्दै आफ्नो पक्षमा जितको नतिजा ल्याउन सफल भयो ।

मोन्टपेल्लरका लागि ८० मिनेटमा आन्द्रे डेलर्टले र ८५ औँ मिनेटमा सुलेमान क्यामराले गोल गरे ।

यो हार पिएसजीले ४ दिनको अन्तरालमा व्यहोरेको दोश्रो हार हो । यो खेलको हारले पिएसजीलाई उपाधिमा केहि धक्का लाग्ने छैन । पिएसजी ५ खेल अगावै लिग च्याम्पियन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्