Logo

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण



Spread the love

१८ बैशाख, टोकियो ।

जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेको छ । उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा भएका छन् ।

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उनलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो ।

राजगद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैँ साथ रहने वचनबद्धता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्