Logo

भारतीय हस्तक्षेपको विरोध गर्ने नेपालीको एसएसबी द्वारा गोली हानी हत्या



Spread the love

goli-prahar

भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले गोली प्रहार गरेर एक नेपालीको हत्या गरेको छ । कल्भर्ट निर्माणका विषययमा कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि एसएसबीले गोली हानेको हो ।

गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो।  कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।

कल्भर्ट विबादपछि हिजो हतियारधारी एसएसबीले नेपाल पसेर नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए । एसएसबीले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्