Logo

ओखलढुंगा (कविता)



Spread the love

 

जहाँ आफ्नै गतिमा बग्छन् हिमगंगा…!!

प्यारो आफ्नै जन्मभूमि ओखलढुंगा…!!

देख्छु सधै एउटा बेग्लै किरण…

आउदैछु बोकेर हाम्रो मिलन…

बच्पन सम्झदैमा हुन्छ मन चंगा…!!

लुटपुटि खेलिरहन्थे दिदीहरूको छायामा…

अल्जिएको छ मन आमाको गहिरो मायामा…

पराइको झुटो बोलीमा हुन्छु म फंदा…!!

तिम्रो नामको प्राकृतिक सम्झिदै होला कस्तो…

आफ्नै गाउघरको डेरो गुन्दुक मिठो र सस्तो त्यो पापी सहरमा सबै थोक मंगा…!!

पोकली झरणा हास्छिन् दन्ते रहर सरी…

डुल्दै खेल्थे म त सधै स्वतन्त्र सरिबरी…

यहाँ त सधै हल्ताल बन्द…

त्यसैले त सबको मुस्कान बाहिरी मन्द…

कविता : बिपना श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्