Logo

अझै दुई दिन सम्म मौसम यस्तै हुने



Spread the love

mausam

पश्चिमी वायुको प्रभावले मुलुकको मध्य र पश्चिमी क्षेत्रमा हल्का वर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ ।

भारतीय भूभागबाट बुधवार नेपाल भित्रिएको पश्चिमी वायु पूर्व सर्ने क्रममा शुक्रवार अधिकांश ठाउँको मौसम बदलिएर मध्य र पश्चिमी क्षेत्रहरूमा वर्षाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले अझै दुई दिनसम्म मौसम बदलिने र हल्का वर्षा हुने महाशखाका मौसमविद् समीर श्रेष्ठले बताए । चट्याङ पर्ने, हावाहुरी र मेघ गर्जन सहित क्षणिक वर्षाको गतिविधि दोहोरीने उनले बताएको  खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्