Logo

जीप दुर्घटनाः सहचालकको मृत्यु, चालक फरार



Spread the love

१९ बैशाख,बझाङ ।

बझाङमा जीप दुर्घटना हुदाँ एकको ज्यान गएको छ । दुर्घटनामा परेर थलारा गाउँपपालिका वडा नं। ५ का उत्त जीपका सहचालक समेत रहेका १९ बर्षिया टिका भट्राईको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्लाको थलारा गाउँपालिका वडा नं ६ स्थित गोमति खोलामा बुधकार राती करिब ९ बजेतिर दुर्घटना भएको हो । थलारा गाउपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भट्राईसँगै जीपमा रहेका जिप चालक कमल साउँद भने फरार रहेका छन् । साउँद जिप मालिक पनी रहेको र उनको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्