Logo

मेयरको पारिश्रमिक नगरका मजदुरलाई हस्तान्तरण



Spread the love

१९ बैशाख, झापा ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाबाट आफूले पाउने सम्पूर्ण पारिश्रमिक नगरका मजदुरलाई हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख पोखरेलले अघिल्लो वर्षको आफ्नो पारिश्रमिक तीन लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा झापाको कनकाई नगरमा बुधबार आयोजित मजदुर सम्मानसहितको विशेष कार्यक्रममा कनकाई नगर क्षेत्रका मजदुरको हितका लागि स्थापना भएको मजदुर हितकोषमा रकम जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको हो ।

सांसद एलपी साँवा लिम्बूमार्फत नगर प्रमुख पोखरेलले हस्तान्तरण गरेको चेक स्थानीय अगुवा मजदुर मानबहादुर पौडेल, सचिन लामा, मनकुमार न्यौपाने र टङ्क गुरगाईंले बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्